Candlestick Chart

मैनबत्ती चार्ट

मैनबत्ती चार्ट  शुरु मूल्य  (Opening Price),  उच्च मूल्य (High Price),  न्यून मूल्य (Low Price) र  अन्तिम मूल्य  (Closing Price) को आधारमा बन्ने गर्छ।  

मैनबत्ति चार्टमा   मुलतः ३ भाग हुन्छन।

  • बडि (Body)
  • टुप्पी (Head/Upper Shadow)
  • पुच्छर (Tail/Lower Shadow)

बडी (Body)


बडी सुरु मूल्य (Opening Price) र अन्तिम मूल्य (Closing Price) को अन्तरबाट बन्दछ l यदि सुरु मूल्य र अन्तिम मुल्यको अन्तर धेरै छ भने बडी ठुलो हुन्छ l अन्तर कम छ भने बडी सानो हुन्छ र अन्तर नै छैन भने बडी बन्दैन l

टुप्पी (Head/Upper Shadow)

अन्तिम मूल्य र उच्चमूल्य (हरियो Green Body ) वा सुरु मूल्य र उच्चमूल्य ( रातो Red Body ) को अन्तरबाट टुप्पी (Head/Upper Shadow) बन्ने गर्दछ। टुप्पीको टप नै उच्च मूल्य (High Price) हुन्छ।

पुच्छर (Tail/Lower Shadow)

सुरु मूल्य र न्युनतम मूल्य (हरियो Green Body ) वा अन्तिम मूल्य र न्युनतम मूल्य (रातो Red Body ) को अन्तरबाट पुच्छर (Tail/Lower Shadow) बन्ने गर्दछ। पुच्छरको बटम नै न्युनतम मूल्य (Low Price) हुन्छ।

कुनै, कुनै मैनबत्ती (Candle) मा टुप्पी(Upper Shadow) नहुन पनि सक्छ। त्यसो भएमा बडि को टप (Top)  नै उच्च मूल्य (High Price) हुन्छ। त्यसै गरि कुनै, कुनै मैनबत्ती (Candle) मा पुच्छर (Tail) नहुन पनि सक्छ। त्यसो भएमा बडि (Body) को बटम(Bottom) नै न्यून मूल्य (Low Price) हुन्छ।

What Do Our Participants Say?

Trade Like A Pro – Training Feedback

Shopping Cart
Scroll to Top