Back to: Basics Of Technical Analysis
प्रवृति विश्लेषण (Trend Analysis)
१) मूल्य र औसत मुल्यको आधारमा
निश्चित अवधिको औसत मूल्य (जस्तै २०, ५० वा २०० दिन ) को आधारमा वजारको प्रवृति विश्लेषण (Market Trend Analysis) गर्ने गरिन्छ।
यदि निश्चित अवधिको औसत मूल्य रेखा भन्दा मूल्य माथि छ भने बढ्दो प्रवृति (Bullish Trend) मानिन्छ त्यस्तै निश्चित अवधिको औसत मूल्य रेखा भन्दा मूल्य तल छ भने घट्दो प्रवृति (Bearish Trend) मानिन्छ।

माथिको चार्टमा बाँयातिर बजार मूल्य औसत मूल्य रेखा भन्दा तल अर्थात् घट्दो प्रवृति (Bearish Trend) मा छ भने दाँया तिर मूल्य औसत मूल्य रेखा भन्दा माथि छ अर्थात् बढ्दो प्रवृति (Bullish Trend) मा छ।
कम अवधि र बढी अवधिको औसत को आधारमा
कम अवधिको औसत मूल्य रेखा (Lower period moving average) बढि अवधिको मूल्य रेखा (Higher period moving average) भन्दा माथि छ भने बढ्दो प्रवृति (Bullish Trend) मानिन्छ त्यसै गरि कम अवधिको औसत मूल्य रेखा बढि अवधिको औसत मूल्य रेखा भन्दा तल छ भने घट्दो प्रवृति (Bearish Trend) मानिन्छ।
तलको चार्टमा बाँया तिर २० दिनको औसत मूल्य रेखा, ५० दिनको औसत मूल्य रेखा भन्दा माथि छ अर्थात् बढ्दो प्रवृति (Bullish Trend) मा छ । त्यसै गरि दाँया तिर २० दिनको औसत मूल्य रेखा, ५० दिनको औसत मूल्य रेखा भन्दा तल छ अर्थात् घट्दो प्रवृति (Bearish Trend) मा छ।
Trade Like A Pro Online Video
Basics of Technical Analysis
-
Introduction To Technical Analysis
-
Price, Volume and Charts
-
Candlestick and Single Candle Patterns
-
Candlestick Double Candle Patterns
-
Candlestick Triple Candle Patterns
-
Trend Analysis

स्विङ्ग लो (Swing Low) र स्विङ्ग हाई (Swing High) को आधारमा
सामान्यतया मूल्य एउटा दिशामा अघि बढ्छ र बेला बेला मा दिशा परिवर्तन गरि रहन्छ। एउटा दिशामा अघि बढ्दा जब बीच बीचमा अर्को तिर फर्कन्छ अनि सहजै देख्न सकिन्छ। यसरि स्विङ्गहरु बनाउदा स्विङ्गको न्यून भागलाई स्विङ्ग लो र स्विङ्गको उच्च भागलाई स्विङ्ग हाई भनिन्छ।
- Bullish Trend: पहिलको स्विङ्ग हाई भन्दा नँया बन्ने स्विङ्ग हाईहरु अझै माथि माथि बन्ने गर्छन त्यसै गरि पहिको स्विङ्ग लो भन्दा नया स्विङ्ग लोहरु माथि माथि बन्ने गर्दछन भने यस प्रकारको प्रवृति लाई बढ्दो प्रवृति भनिन्छ (Bullish Trend)।
- Bearish Trend: पहिलको स्विङ्ग हाई भन्दा नँया बन्ने स्विङ्ग हाईहरु अझै तल तल बन्ने गर्छन त्यसै गरि पहिको स्विङ्ग लो भन्दा नया स्विङ्ग लोहरु अझै तल तल बन्ने गर्दछन भने यस प्रकारको प्रवृति लाई घट्दो प्रवृति (Bearish Trend) भनिन्छ।
माथीको बाहेक अन्य अवस्थामा दिशाहीन प्रवृति (Sideways Trend) मानिन्छ ।
पहिलेको स्विङ्ग हाई भन्दा नँया स्विङ्ग हाई माथि तर पहिलेको स्विङ्ग लो भन्दा नँया स्विङ्ग लो तल बन्छ भने वा पहिलेको स्विङ्ग हाई भन्दा नँया स्विङ्ग हाई तल तर पहिलेको स्विङ्ग लो भन्दा नँया स्विङ्ग माथि तल बन्छ भने दिशाहीन प्रवृति मानिन्छ।
What Do Our Participants Say?
Trade Like A Pro – Training Feedback